यस विद्यालयको मुख्य सेवा क्षेत्रमा पुनर्वास नगरपालिका भित्रकै विभिन्न ठाउँहरु पर्दछन् । विद्यालय अवस्थित भएको ठाउँ वडा नं. ६ लगायत पुनर्वास न.पा. ५ र ७ बाट बढी विद्यार्थीहरुले यस विद्यालयमा अध्ययन गर्ने गरेका छन् । यस नगरपालिकाका अन्य वडाहरुबाट पनि यस विद्यालयमा विद्यार्थीहरु आउने गरेका छन् साथै छिमेकी जिल्ला कैलाली लगायत पहाडी जिल्लाहरु बझाङ, बाजुरा, बैतडी, डोटी, अछाम, डडेल्धुरा आदी ठाउँबाट पनि यस विद्यालयमा कक्षा ११ र १२ मा विद्यार्थीहरु पढ्न आउने गरेका छन् । त्यसैले यस विद्यालयको सेवा क्षेत्र भित्र पुनर्वास नगरपालिका बाहेक पहाडी जिल्लाहरु प्नि पर्दछन् । यसका अतिरिक्त विद्यालयको नक्साङ्कनका आधारमा र विद्यालयमा पढन आउने बहुसङ्ख्यक विद्यार्थीहरुका आधारमा यस विद्यालयको मुख्य सेवा क्षेत्र भित्र पुनर्वास नगरपालिका अन्तर्गत वडा नं. ५, वडा नं. ६ र वडा नं. ७ का ठाउँहरु पर्दछन् ।
२.५ विद्यालयमा सञ्चालित कार्यक्रम
यस श्री पुनर्वास जनता मा.वि मा प्रारम्भिक वालशिक्षा÷पूर्व प्राथमिक देखि कक्षा १२ सम्मको औपचारिक शिक्षा र विशेष शिक्षा अन्तर्गत बहिरा स्रोत कक्षा (१ देखि ५)का कार्यक्रमहरु सञ्चालित हुँदै आइरहेका छन् । साविक उच्च मा.वि. अर्थात कक्षा ११÷१२ मा यस विद्यालयमा शिक्षा, मानविकी र व्यस्थापन संकायका मात्र कार्यक्रमहरु सञ्चालित रहेका छन् । विशेष शिक्षा अन्तर्गत बहिरा कक्षाका कार्यक्रमहरु सञ्चालित छन् ।