- विद्यालय व्यवस्थापनलाई समय सापेक्ष प्रविधिमैत्री, बालमैत्री र चुस्तदुरुस्त बनाउने।
- सिकाईलाई बालमैत्री र प्रभावकारी बनाई उच्च सक्षमता हासिल गर्ने।
- विद्यालय र कक्षा कोठाको सिकाई वातावरणलाई स्वच्छ, स्वस्थ, खोजमूलक र प्रविधिमैत्री बनाउने।
- अधिकतम विद्यार्थीहरूको शैक्षिक आवश्यकता पूरा गर्न सक्ने विद्यालयको रुपमा स्थापित गरी विद्यार्थीहरूको पहुँच वृद्धि गर्ने।
- शिक्षक, विद्यार्थी र अभिभावक बीचको सम्बन्धलाई सुदृढ गरी अपनत्वको भावना बढाउने।
